कांग्रेस महाधिवेशन : सभापतिमा कल्याण गुरुङसहित यी नेताले गराए अहिलेसम्म उम्मेदवारी दर्ता



काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतर समूह प्यानल बनाउने गृहकार्यमा जुटिरहेका बेला कतिपय कांग्रेस नेताहरूले भने धमाधम उम्मेदवारी दर्ता गराई रहेका छन् ।

यसक्रममा नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।

काठमाडौंको राष्ट्रिय सभगृहमा जारी मनोनयन दर्ताका क्रममा बद्री पाण्डे र मान बहादुर बिश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।कांग्रेस केन्द्रीय सदस्य खुलामा डिला संग्रौला, मदनबहादुर आमात्य, लक्ष्मणबहादुर बस्नेत, केन्द्रीय सदस्य महिला खुलामा सुशीला ढकाल, अमिता देवकोटा, दलित महिला सदस्यमा सुजाता परियार, दलित सदस्यतर्फ मैकुलाल वाल्मीकि, अमरबहादुर बराइलीले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, आदिवासी जनजाति सदस्यमा भूमिप्रसाद राजवंशी, आदित्यप्रकाश प्रधान, टेकप्रसाद गुरूङ, भरत गुरूङ, टेकबहादुर गुरूङ, बद्रीलाल महर्जनले उमेदवारी दिएका छन् ।

कर्णाली प्रदेश सदस्यतर्फ जानकी सिंह, कर्णबहादुर बुढा, मधेसी सदस्यतर्फ सकलदेव सुतियार, डा। अञ्जलीकुमार झा, अजयकुमार द्विवेदी, मिथिलेशकुमार मिश्रले उमेदवारी दर्ता गराएका छन् ।

वाग्मती प्रदेश सदस्यतर्फ राजुराज जोशी, थारू सदस्यतर्फ टीकाकुमारी चौधरी, पार्वता डीसी चौधरी, सुदूरपश्चिम प्रदेश सदस्यतर्फ भक्तबहादुर बलायर, अल्पसंख्यक सदस्यतर्फ हरिबहादुर घलेले उमेदवारी दिएका छन् ।

यसैगरी, अपांगता भएका सदस्यतर्फ देकराज भट्टराई, गोपालबहादुर देउवाले उमदेवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्