पौडेल पक्ष : सभापति छोड्न कोहि तयार छैन,साझा उम्मेदवार छान्नै कठिन



काठमाडौं।नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले दुई दिनभित्र सभापतिको उम्मेदवार टुंग्याउने भएको छ। पौडेल निवास बोहोराटारमा बसेको चार नेताको बैठकले सहमतिमा सभापतिको एउटै उम्मेदवार टुंग्याउने समझदारी गरेको हो।

छलफलमा पौडेल, महामन्त्री डा। शशांक कोइराला, प्रकाशमान सिंह र डा। शेखर कोइराला सहभागी थिए। महाविधेशन सुरु हुन अब चार दिनमात्रै बाँकी हुँदा पौडेल पक्षमा छिटो सभापतिसहितका पदाधिकारी टुंग्याउन दबाब छ।

६ प्रदेशमध्ये ४ वटामा संस्थापन विजयी भएपछि पौडेल पक्षलाई सहमतिमा अघि बढ्न थप दबाब बढेको हो। यसैले उनीहरूमा सहमतिमा साझा उम्मेदवार अघि सार्नुपर्ने दबाब बढेको हो।सहमतिमा साझा उम्मेदवार तय गर्नुपर्ने कुरामा सबै सहमत भएपनि हालसम्म छोड्न कोहि तयार देखिएका छैनन् ।यस कारण पनि यो समूहमा साझा उम्मेदवार चयन गर्न कठिन देखिएको छ।

आसन्न १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवारी घोषणा गरिसकेका सिंहले भने सिंहदरबारको मूलगेट अगाडि रहेको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।

महाधिवेशन आउन चार दिन बाँकी रहँदा सम्पर्क कार्यालय खोलेका उनले मंगलबारबाट कार्यकर्ता भेटघाट समेत सुरु गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्