अनेमसंघ नेचासल्यानको सम्मेलन सम्पन्न,अध्यक्षमा साबित्रा भट्टराई



सोलुखुम्बु ।अखिल नेपाल महिला संघ नेचासल्यान गाउँपालिका सम्मेलन सम्पन्न भएको छ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न सम्मेलनले साबित्रा भट्टराईको अध्यक्षतामा नेचासल्यान गाउँपालिका कमिटी गठन गरेको अनेमसंघ जिल्ला कमिटी सचिब सम्झना घिमिरेले जानकारी दिनुभयो।

सचिब घिमिरेका अनुसार ४५ सदस्यीय सो कमिटीको उपाध्यक्षमा गोमाकला राई,सचिबमा सुष्मा घिमिरे,सहसचिवमा जसिता राई र कोषाध्यक्षमा प्रभा राई रहनुभएको छ।सम्मेलनले मंसिर २४ र २५ गते हुने जिल्ला सम्मेलनका लागि गाउँपालिकाका पाँच वटै वडाबाट पांच पांछ जनाका दरले प्रतिनिधिहरु छनौट गरेको पनि वहाँले जानकारी दिनुभयो ।

अनेमसंघ नेचासल्यान गाउँपालिका संयोजक प्रेमकुमारी शर्माको सभापतित्वमा सम्पन्न सम्पन्न सम्मेलनलाई प्रमुख अतिथि बास्तोला र नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्