लिङ्देनको पक्षमा खुले बिक्रम पाण्डे ,कमल थापा थप अप्ठेरोमा



काठमाडौँ।आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङदेनको दुई वटै प्यानलबाट उपाध्यक्षको लिष्टमा समेटिएका बिक्रम पाण्डे अन्ततः लिङ्देनको पक्षमा खुलेका छन् ।

शुक्रबार राप्रपाको भावी अध्यक्षका लागि थापा र लिङ्देनसंगै प्यानलमा रहेका पदाधिकारीहरुले उम्मेद्वारी दर्ता गराएका संगै पाण्डे लिङ्देनको पक्षमा खुलेका हुन।पाण्डेले अध्यक्षका दावेदार लिङ्देनलाई साथ दिएसंगै थापा थप अप्ठेरोमा परेका छन् ।

लिङ्देन समूहबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा। धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । अध्यक्ष पदको मतपत्र र बाँकीको भोटिङ मेसिनबाट मतदान गरिनेछ ।राप्रपाको भावी नेतृत्व चयनका लागि शनिबार हुने मतदानमा ४३८० जनाले सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया दिनुहोस्