एमाले पदाधिकारीमा उपाध्यक्षमा शाक्य र सचिबमा बिष्टको सर्बाधिक बढी मत
सौराहा ।नेकपा एमालेको १० औं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको निर्बाचनमा पदाधिकारी तर्फ अष्टलक्ष्मी शाक्यले सर्बाधिक बढी मत प्राप्त गरेकि छन् ।

निर्बाचन आयोगद्वारा मंगलबार सांझ घोषणा गरेको मत परिणाम अनुसार शाक्यले उपाध्यक्ष पदमा१९७६ मत प्राप्त गरेकी हुन्।
उपाध्यक्षमा शाक्यपछि सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङ १८६५, विष्णुप्रसाद पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा बादल १७६८ मत ल्याएर विजयी भएका छन्।उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने ७२५ मत ल्याएर पराजित भएका छन् ।
उता सचिवमा भने गोकर्ण विष्टको मत सबैभन्दा बढी छ।उनले १९७४ मत ल्याएका छन् भने दोश्रो मत योगेश भट्टराईको छ।उनले १९६० मत प्राप्त गरेका छन् ।त्यसपछि टोपबहादुर रायमाझी १८०४, छविलाल विश्वकर्मा १८०३, पद्मा अर्याल १७९९, लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत ल्याएर विजयी हुँदा ७ सय ८८ मत ल्याएका भीम आचार्य र ५ सय ५९ मत ल्याएका टंक कार्की पराजित भएका छन् ।
निर्बाचनमा अध्यक्षमा निर्बाचित केपी शर्मा ओलीले १८३७ र उनका प्रतिस्पर्धी भीम रावलले २ सय २३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल,महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

