सर्बसम्मत नेतृत्व चयनका लागि जबराले पहल गर्ने, लिङदेनलाइ लोहनीको साथ



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताका लागि आफूले अध्यक्ष मा उम्मेदवारी नदिएको बताउंदै सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गर्ने बताएका छन् ।

जबराले मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै आफू निर्वाचन भन्दा एकता महाधिवेशनको पक्षमा रहेको बताउंदै सर्वसम्मतिको पहलका लागि आफु अहिले कुनै पनि उम्मेदवारको पक्षमा नरहेको बताएका हुन।

भोलिदेखि राजधानीमा सुरु हुने राप्रपाको अधिबेशनमा पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।आजै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले अध्यक्षका उम्मेवार लिङ्देनलाई सर्मथन गरेका थिए। अध्यक्षका प्रतिस्पर्धी कमल थापा र जबराले अब नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने तर्क गर्दै लोहनीले लिङ्देनलाई सर्मथन गरेका हुन।
‘म पार्टी एकता र सहमतिका लागि अध्यक्ष पदमा अलग रहेर पार्टीमा सक्रिय रहन्छु’, पत्रकार सम्मेलनमा जबराले भने, ‘मेरो जिम्मेवारी, भूमिका जारी रहने छ। मुलुकको राष्ट्रियता र प्रजातन्त्रका लागि लड्ने छु। वैकल्पिक प्रजातन्त्रिक शक्तिको रूपमा राप्रपालाई अघि बढाउने छु।’

‘राप्रपा अझै शक्तिशाली भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो। सर्वसम्पत रूपमा नेतृत्व चयन गर्ने हो’ जबराले भने ‘अन्तिम समयसम्म सहमतिको प्रयास नै गर्ने हो। हुन नसके लोकतान्त्रिक प्रक्रिया छँदै छ।’

प्रतिक्रिया दिनुहोस्