संगठन ब्यबस्थापनलाई तीब्रता दिंदै निर्बाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई एमालेको आव्हान
सौराहा । १०औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले सबै पार्टी कमिटीलाई अब हुने निर्वाचनमा केन्द्रित हुन आह्वान गरेको छ।

१०औं महाधिवेशनको बन्दसत्रबाट पारित प्रस्तावमा सबै पार्टी कमिटीलाई आ–आफ्नो क्षेत्रमा विजय सुनिश्चित गर्न आह्वान गरिएको छ।
‘यो महाधिवेसन पार्टीका सबै तहका कमिटीहरुलाई निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्दछ। आफ्नो कार्यक्षेत्रमा पार्टीको विजय सुनिश्चित गर्न त्यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तिव्रता दिन आह्वान गर्दछ,’ प्रस्ताव पढ्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘त्यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन आह्वान गर्दछ।’
पार्टी संरचनालाई थप समावेशी बनाउँदै पार्टीलाई श्रमिक वर्ग, महिला, युवा, दलित लगायत समाजका आधारभूत वर्गमा अझ बढी आधारित बनाउने संकल्प गरिने पनि ज्ञवालीले बताए।

