एमाले अध्यक्षका लागि रावलद्वारा उम्मेदवारी दर्ता,यी छन प्रस्तावक र समर्थक
सौराहा। नेकपा ९एमाले०को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।
रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।
रावलको प्रस्तावकमा महादेव बजगाईँ र समर्थकमा दूधकला विष्ट छन् ।रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

