नेताहरु आन्तरिक छलफलमा,अझै सुरु हुन सकेन बन्दसत्र

काठमाडौं।बिहान १० बजेबाट सुरु हुने भनिएको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सर्बसम्मत नेतृत्व चयनका लागि नेताहरु आन्तरिक छलफलमा रहेका कारण सौराहको होटेल सेभेन स्टारमा अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको हो।

बैठक सुरु नभए पछि हलमा महाधिवेशन प्रतिनिधिहरू कुरिरहेका छन्। कोही भने हल बाहिर घाम तापेर बसेका छन्। कति बेलाबाट बन्दसत्र सुरु हुन्छ अझै टुंगो लाग्न सकेको छैन।
आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन्।
ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयासमा गरिएकाले दोस्रो दिनको बन्दसत्र पाँच निर्धारित समयभन्दा पाँच घन्टा ढिला हुँदा पनि सञ्चालन हुन नसकेको हो।

