पूर्बमन्त्री दावादोर्जे लामा र जेएन थपलियाद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



चितवन ।चितवनका लोकप्रिय नेता दावादोर्जे लामाले एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा उम्मेदवारीको घोषणा गरेका छन् । बागमती प्रदेशका पुर्व कृषिमन्त्रीसमेत रहेका लामालाई चितवनबासीले एक बिकासवादी नेताका रुपमा चिन्ने गरेका छन्।लोकप्रीय नेताको छवि बनाएका लामाले एमालेको तर्फबाट गत प्रदेश सभा निर्बाचनमा चितवनको क्षेत्र नं १ को क बाट बिजय हांसिल गरेका थिए।

लामा २०४३ मा जनपक्षीय प्रधानपञ्च, २०५४ मा चितवन जि बिस सदस्य,पुर्ब गुम्बा बिकास समिति सदस्य, लोकतान्त्रीक तामाड संघका पूर्ब अध्यक्ष समेत हुन् । नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य लामाले आफुलाई अत्याधिक मतका साथ बिजयी गराउनु हुन सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरु समक्ष अपिल समेत गरेका छन् । उनको जित निश्चित भएको प्रतिनिधिले बताएका छन । यसैगरी, चितवनकै अर्का लोकप्रिय नेता जेएन थपलियाले पनि एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा एमाले चितवनका पूर्वअध्यक्ष तथा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य थपलियाले आज आफ्नो उम्मेदवारी दिएका हु्न् ।विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय थपलियाले पार्टीलाई वैचारिक र सांगठनिकरुपमा मजबुद बनाउन आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । थपलियाले कम्युनिस्ट राजनीति, शिक्षा र सामाजिक सेवामा चार दशकबढी विभिन्न पार्टी संगठनमा रहेर काम गरिसकेका छन् । वाग्मती प्रदेशका पूर्वमुख्य मन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका थपलिया अनेरास्वबियुका पूर्वसचिवदेखि मिनभबन क्याम्पसको दुई पटक स्ववियु सभापति रहेका थिए ।

त्यस्तै, जिल्ला विकास समिति चितवनका पूर्वउपसभापति, भरतपुरको सप्तगण्डकी क्याम्पसको पूर्वक्याम्पस प्रमुख, मदन भण्डारी फाउण्डेसन चितवनका संस्थापक अध्यक्ष भएर उनले काम गरिसकेका छन् ।

जनताको बहुदलीय जनवादका पक्षधर थपलियाले २०३६ सालदेखि २०४० सालसम्म चार वर्ष जेल जीवन बिताएका छन् भने २०३६ अघि पनि पञ्चायती सरकारले पटकपटक गिरफ्तार गरेको थियो । उनकै नेतृत्वमा २०३६ सालमा स्वतन्त्र होटल युनियनको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्