देशकै सबैभन्दा ठुलो दल एमालेको महाधिवेशन आजबाट चितवनमा सुरु हुंँदै



काठमाडौँ । देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

नारायणी नदी तटमा हुने महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन स्थल र चितवनका सडक झन्डा तथा प्रचार राखेर सजाइएका छन्।

एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन्।

महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ । बन्दसत्र सौराहामा हुनेछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन्। प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित(उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन्।

प्रतिक्रिया दिनुहोस्