न्यायलयमा भएको क्यान्सर अपरेशन गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ
काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले न्यायिक क्षेत्रलाई क्यान्सर भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले न्यायालयमा देखिएको क्यान्सर निको पार्न अप्रेसनको आवश्यकता रहेको बताए ।

“न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ । त्यसको उपचार धामी बोलाएर, दुबोको मुन्टा ल्याएर, कुखुरा ल्याएर दुनामा लगेर मन्सने । त्यो विचरा अन्डा मन्सेर हुन्छ रु अप्रेसन, किमोको आवश्यकता छ,” ओलीले भने ।
उनले सर्वोच्च अदालतको आँगनमा आन्दोलन भइरहेको र पाँच दलीय गठबन्धनको कानुनी क्षेत्रको ‘रियाक्सन’ भएको दाबी समेत गरे ।
“पाँच दलको कानुनी क्षेत्रको रियाक्सन हो । बारमा तमासा हेर्नुस् । सर्वोच्च अदालतमा तमासा हेर्नुस् । पाँच दलीय गठबन्धनको सरकार भएपछि यो नभएर के हुन्छ रु”, ओलीको प्रश्न थियो ।

