सर्बोच्च अदालत : गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित



काठमाडौं । सर्वोच्च अदालतको संशोधन (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित गरिएको हो । योसँगै प्रधान्यायाधीश चोलेन्द्र समशेर जवराको अधिकार कटौती भएको छ ।

यसअघि प्रधानन्यायाधीश जबराले आफ्नो तजबिजमा पेशी तोक्दै आउनुभएको थियो । अब गोलाप्रथाबाट मात्रै पेशी तोकिनेछ ।

मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।

राजपत्रमा प्रकाशित नियमावली कहिलेबाट लागू गर्ने भन्नेबारे पनि फूलकोर्टले नै निर्णय गर्नुपर्छ । न्यायालयमा सुधार र प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्