जन्ती बोकेको बस दुर्घटना हुंदा बैतडीमा पाँच जनाको मृत्यु,तीन गम्भीर घाईते



काठमाण्डौ।बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका(४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्