प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै बारले दलहरुलाई ज्ञापनपत्र बुझाउने
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ।

वार्तामा आउन प्रधानन्यायाधीशले शुक्रबार गरेको आह्वानलाई अस्वीकार गर्दै बारले चौथो चरणको आन्दोलन अन्तर्गत प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन सोमबार ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।
महासचिव लीलामणि पौडेलका अनुसार आइतबार देशभरका अदालतमा बहस पैरवी ठप्प बनाउने निर्णय गर्दै बारले उच्च अदालत बार इकाईहरुमा हुने आन्दोदनमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय पनि गरेको छ। बारले यसअघि कायम रहेका विरोधका कार्यक्रमलाई यथावत राखेको छ।

