सोलुखुम्बु : पुर्वमन्त्री केसीले केन्द्रीय उपसभापति पदमा उम्मेद्वारी दिने



सुबास दर्नाल
सोलुखुम्बु। नेपाली काँङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले पार्टीको केन्द्रीय कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता केसीले बिहीवार सोलु एफ।एम।सङ्ग कुरा गर्दै पार्टीको आसन्न १४ औं महाधिवेशनमा आफुले उपसभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

वर्तमान पार्टी सभापति शेर बहादुर देउवा र रामचन्द्र पौडेल पछिको पुरानो नेता आफु भएकाले उपसभापति पदमा दाबी गर्नु जायज भएको उहाँको भनाइ छ । पार्टीमा आफुले ५१ बर्ष भन्दा बढी समय देखि योगदान गरिरहेको स्मरण गराउदै आफु उपसभापति पदमा विजयी भए पार्टीलाई एक ढिक्का बनाउने दाबी गर्नु भयो ।

नेता केसीले भन्नुभयो(काँङ्ग्रेसलाई मुहान देखी नै शुद्धीकरण हुनु आवश्यक छ, पार्टीमा अहिले देखिएको आन्तरिक कलहमा तल्लो तहको दोष छैन, हाम्रो केन्द्रीय नेताहरु नसुध्रिनुको परिणाम हो यो । यसलाई समाप्त गर्न पनि म केन्द्रीय उपसभापति पदको उम्मेद्वारी सोलु एफ।एमबाट जिल्ला अधिवेशनको यो पबित्र दिनमा पहिलो पटक घोषणा गर्दै छु ।

काँङ्ग्रेस एक ढिक्का भए मात्र देश बिकास र नेपालीले सुख पाउने भएकाले कम्युनिस्टहरुले कंगाल बनाएको देशलाई माथि उकास्न पनि काङ्ग्रेसको एकता र जित आवश्यक रहेको बताउनुभयो।
                                                                          साभार: सोलु एफएम

प्रतिक्रिया दिनुहोस्