सोलु कांग्रेस सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता,बस्नेतद्व्य र शेर्पा चुनावी मैदानमा
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने निर्बाचनमा सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको निर्बाचन अधिकृत कैलाश गुरुङले जानकारी दिए।

अपरान्ह सांढे दुई बजेदेखि सांढे तीनबजे सम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको भएपनि ६ बजेसम्म भएको उम्मेदवारी दर्ताका क्रममा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको हो।
भोलि हुने जिल्ला अधिबेशनका लागि जिल्ला कार्य समिति सोलुखुम्बु का बर्तमान सभापति बिनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र अर्का नेता रामबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवारी दर्ता गराएका बर्तमान सभापति बस्नेत कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी निकट र शेर्पा पूर्ब जिल्ला सभापति आङगेलु शेर्पा निकट मानिन्छन्।सोमबार सम्पन्न प्रदेश अधिबेशनमा यी दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो।
तर जिल्ला सभापति पदका लागि भने त्रिपक्षीय भिडन्तका लागि रामबहादुर पनि चुनावी मैदानमा उत्रिएका छन् ।उनले १३ औं महाधिवेशनमा पनि बिनोद बस्नेतबिरुद्ध उम्मेदवारी घोषणा गरेका थिए।
पूर्बमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य केसी समूहबाट सभापतिमा दोश्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका बिनोदको समूहबाट उपभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी राई र यूवराज घिमिरे तथा छन् । सहसचिव पदका लागि मान बहादुर राई र ङिमछिरी शेर्पा उम्मेदवार छन् ।
तर अर्का उम्मेदवार बस्नेतले भने प्रत्यक्षरूपमा आफ्नो कुनै प्यानल नभएको बताए।तर अधिकांश प्रतिनिधिहरुले उम्मेदवारी दिन आग्रह गरेपछि आफुले सभापति पदका लागि उम्मेदवारी दर्ता गरेको उनको दावी छ।
आगामी कार्यकालका लागि नेतृत्व चयनका लागि भोलि हुने मतदान प्रक्रियामा जिल्लाभरका ९ सय बढि क्षेत्रीय प्रतिनिधि सहभागी हुने कांग्रेस सोलुले जनाएको छ।

