प्रदेश १ मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने ,आजको बैठक एक मिनेटमै स्थगित



बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन नपाई प्रदेश सभा बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो। मध्यान्ह १२ बजे बोलाइएको प्रदेश सभा बैठक साढे दुई बजे सुरु भए पनि एक मिनेटमै स्थगित भएको छ। सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएका कारण बैठक स्थगित गरेको जानकारी गराए।

अर्को बैठक भोलि बुधबार ११स्३० बजे बोलाइएको छ। एकीकृत समाजवादीका सांसद राईको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएपछि आज मंगबार विश्वासको मत लिने कार्यतालिका तोकिएको थियो। अब भोलि उनले विश्वासको मत लिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्