नेपाली कांग्रेस :प्रदेश ‘क’ को सभापतिमा राई बिजयी, बिजेता समूहका कस्को मत कति? (बिवरण सहित)



काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश क मा पूर्बमन्त्री एबम कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी समूहले प्यानलै बिजय हांसिल गरेको छ।

प्रदेश क को नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्बाचनमा प्रतिद्वन्दी पूर्ब जिल्ला सभापति आङगेलु समूहका प्रदेश सभापति उम्मेदवार रोशन थुलुङलाई ९३ मतले पराजित गर्दै राई सभापतिमा निर्बाचित भएका हुन।प्रदेश क बाट केसी समूहका राईको प्यानल नै बिजयी भएको निर्बाचन समिति सम्बद्ध श्रोतले जनाएको छ।

 

सोमबार सम्पन्न प्रदेश अधिबेशनमा क मा केसी समूहका राई र शेर्पा समूहका थुलुङ प्यानलै बनाएर निर्बाचनमा होमिएका थिए।उता प्रदेश ख मा भने सम्पन्न निर्बाचनको मतगणना जारी छ।मतगणनाको परिणाम अनुसार शेर्पा समूहका कर्मा शेर्पाको अग्रता छ।केसी समूहका प्रेम बहादुर थापामगर ख मा कमजोर देखिएका छन् । सभापतिमा धनजन राई निर्वाचित भएका छन् ।प्रदेश क मा भने राईले २५८ मत ल्याउदा उनको प्रतिद्वन्द्वी रोशन बाबु थुलुङले १६५ मत ल्याएका थिए ।

बिजेता समूहमा कसको मत कति रु

 

सभापति

धन्जन राई २५८

उपसभापति
फुर्तीमान तामाङ २६८
टार्जन कुलुङ राई २६३

सचिब

विजय गुरुङल २४५
हेमराज भट्टराई २२६

सहसचिव

भिमचन्द्र राई २४६
तेज बहादुर बस्नेत २३७

प्रदेश प्रतिनिधि (खुला तर्फ)

बाबुराजा केसी २३८
शंकरबाबू कार्की २३७
अश्विनबाबु थापा २५९
शौरभ बरुवाल २४४
जय राई २४६
उत्तम नाछिरिङ २३५
कैलाश केसी २६८

खुला महिला प्रदेश प्रतिनिधि

कुमारीदेवी शर्मा २५६
हरिदेवी भुजेल २४१
अन्जु नाछिरिङ २६८

खस आर्य

पोषकुमार बास्तोला २३३
शर्मिला खड्का २४७

आदिवासी जनजाति पुरुष

केदार गुरुङ २५६
सन्चराम कुलुङ २७१

आदिवासी जनजाति महिला

नीरकला राई २७०
छलिमाया राई २४१

अल्पसंख्यक
प्रदीप भुजेल खवास २६६

प्रतिक्रिया दिनुहोस्