नेपाल बारसंगको बैठक बहिष्कार गरेका सर्बोच्चका पांच न्यायाधीश आजबाट इजलासमा फर्कंदै
काठमाडौं। सोमबार नेपाल बार एसोसिएसनले बोलाएको संयुक्त बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका पाँच जना न्यायाधीश आबाट इजलासमा बस्ने भएका छन् । न्यायाधीशहरू तेजबहादुर केसी, वमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा। मनोजराज शर्मा र डा। कुमार चुडाल इजलासमा बस्ने भएका हुन् ।

यसअघि उनीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूसँगै थिए । सोमबार प्रधानन्यायाधीश राणाले वार्ताका लागि गरेको आव्हान लाई अस्वीकार गर्ने बारको निर्णय पछि असन्तुष्ट बनेका उनीहरूले इजलासमा फर्कने घोषणा गरेका थिए।
यससँगै जबराको आचरणलाई लिएर भएको विवादमा न्यायाधीशहरू नै फरकफरक कित्तामा उभिने देखिएको छ । ८ कात्तिकदेखि यी पाँच जनासहितका न्यायाधीशहरूले जबराले तोकेको इजलास अवज्ञा गर्दै आएका थिए ।उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेका थिएनन् ।
तर, तीन सातापछि अवज्ञा गर्नेमध्येका पाँच न्यायाधीश इजलासमा बस्ने भएपछि बाँकी न्यायाधीशहरूको कदम के होला भनी चासोका साथ हेरिएको छ ।
कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसन मातहतका अधिकांश कानुन व्यवसायीहरू आन्दोलित छन् । धर्ना दिनेदेखि अनेकन दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
कार्यपालिकासँग मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा जबराले भाग लिएको, न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनअनुसार देखिएको विकृतिरविसंगती हटाउन नचाहेको र गुटबन्दी गर्ने गरेको आरोपको सामना गरिरहेका छन् ।

