नेचासल्यान : माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न, मंसिर ११ गते गाउँपालिका सम्मेलन गर्ने



सोलुखुम्बु । गाउँपालिकाका ५ वटै वडामा सम्मेलन सम्पन्न गरेको नेकपा ९माओवादी केन्द्र ० नेचासल्यान गाउँ पालिका कमिटीले आगामी मंसिर ११ गते गाउँपालिका सम्मेलन गर्नेभएको छ।

सो पार्टीले आइतबार वडा नं( ४ को सम्मेलन सम्पन्न गरेसंगै बुधबार गाउँपालिका कमिटीको बैठक बसेर सम्मेलनको तयारी अगाडी बढाइने अध्यक्ष सीताराम भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार आइतबार सम्पन्न ४ नं वडा सम्मेलनले सुरेश राईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ।कमिटीको उपाध्यक्षमा अकलमान राई
सचिवमा सरिना राई
सह(सचिवमा जीवन कुमार राई
कोषाध्यक्षमा गणेश बाँस्तोला रहेको उनले बताए।सम्मेलनले गुणराज कटेलको संयोजकत्वमा २५ सदस्यीय योङ कम्युनिस्ट लिग वडा कमिटीसमेत गठन गरेको छ।

सम्मेलन ४ नं वडा संयोजक सुरेश राइको सभापतितब र सम्पर्क समन्वय प्रदेश कमिटी सदस्य अनिल राईको प्रमुख आतिथ्यता उपत्यका विशेष प्रदेश कमिटी सदस्य लोकेन्द्र आर।सी। को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पालिका इन्चार्ज केशर राई, पालिका अध्यक्ष सीताराम भट्टराई , पालिका सचिव सुबास राई, जिल्ला समन्वय समिति सदस्य डिल्ली घिमिरे, जनॠषि राई, सानु राई, तिलक राई ,पालिका वाइसीएल संयोजक सुजन राईको उपस्थिति रहेको माओवादी केन्द्र नेचासल्यानले जनाएको छ।

माओवादी केन्द्रको यसअघि सम्पन्न वडासम्मेलनले वडा नं(१,२,३ र ५ को अध्यक्षमा क्रमशः जमिन राई,
डिक बहादुर राई, लोकनाथ बाँस्तोला र दिवश राईलाई अध्यक्ष चयन गरेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्