सोलुखुम्बु : केसी समूहले टुंग्यायो प्रदेश ‘ख’ का उम्मेदवारहरुको नामावली



सोलुखुम्बु। भोलि हुने प्रदेश अधिबेशनका लागि सोलुखुम्बुको ख निर्बाचन क्षेत्रका लागि पूर्बमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी समूहले उम्मेदवारहरुको टुंगो लगाएको छ।

पूर्ब जिल्ला सभापति आङगेलु शेर्पा समूहका कर्मा शेर्पासंग प्रदेश ख को सभापतिका लागि प्रतिस्पर्धाका लागि प्रेमबहादुर थापामगरको नाम केसी पक्षले यसअघि नै टुंगो लगाए पनि अन्य उम्मेदवारहरुको नामावली आज सार्बजनिक गरिएको हो।

सार्बजनिक भएको नामावली अनुसार केसी समूहबाट प्रदेश ख को उपसभापतिमा धर्मराज तामाङ र मणिराज बस्नेत सचिबमा फणिन्द्र कार्की र नरजीत राई तथा सहसचिवमा सुरेस मगर र प्रमिला खड्का उम्मेदवार अनेका छन्।

प्रदेश प्रतिनिधिका लागि खुलातर्फ सोनाम ग्याल्जेन शेर्पा,रामप्रसाद मगर,राजकुमार प्रधान,गणेश कुमार खड्का,हिरा बिक,संजय शेर्पा९आङ०, महिलातर्फ खुलामा
सृजना भट्टराई बस्नेत
शोभा कार्की,बिनिता मगर आदिवासी जनजाति महिलामा निर्मला कार्की थापामगर र सुबिना पुलामी,आदिबासी जनजाति खुल्लामा लालसिं तामाङ मगर र पेमा तामाङ दलितबाट बम्बे दर्जी र अल्पसंख्यकबाट जसबहादुर राईलाई उम्मेदवार बनाइएको छ।

नेपाली कांग्रेस प्रदेश अधिबेशन सोलुखुम्बुमा भोलि हुंदैछ।प्रदेश क को मुक्ली र ख को सदरमुकाम सल्लेरीमा हुने सोलु कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्