कांग्रेस प्रदेश अधिबेशन प्रदेश राजधानीमै हुने, यी नेतालाई दिइयो संयोजकको जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ ।बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले तोकिएअनुसार अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा गर्ने निर्णय गरेको हो ।

प्रदेश–१को विराटनगर, प्रदेश–२को जनकपुर, बागमति प्रदेशको हेटौडा, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा महाधिवेशन हुने छ ।

लुम्बिनी प्रदेशको महाधिवेशन भने राजधानी दाङ भए पनि बुटवलमा गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठकले अधिबेशन सम्पन्न गर्नका लागि नेताहरुलाई संयोजक पनि तोकेको छ।अधिवेशनका लागि प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्