गोरखालाई टुक्य्राएर २ जिल्ला बनाउने अभियानमा बाबुराम
गोरखा । समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई गोरखा जिल्लालाई टुक्र्याएर अर्को जिल्ला बनाउने अभियानमा लागेका छन् ।
केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा रहेका भट्टराईले स्थानीयसंगको भेटघाटका क्रममा
उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताउनुभयो ।
स्थानीयसँग उहाँले भन्नुभयो, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो।’
उहाँले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गर्नुभयो ।
भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुनुहुन्छ । उहाँले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताउनुभयो । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उहाँले आग्रह गर्नुभयो ।
गोरखाको उत्तरी भेग निकै विकट रहेको छ । त्यहाँका स्थानीयहरुलाई सदरमुकाम धाउन र विभिन्न प्रशासनिक कार्यका लागि निकै झन्झट हुने गरेको छ ।

