राप्रपामा कार्तिक २८ गतेसम्म शुल्क नबुझाउने ब्यक्तिको सदस्यता स्वत: खारेज हुने



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ ।

बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३(५ मंसिरमा गर्नेगरी कार्यतालिका परिमार्जन गरेको हो ।

त्यसैगरी, बैठकले राप्रपाले सक्रिय सदस्य वापतको रकम जम्मा गर्ने समयावधि २८ कात्तिकसम्म थप गरेको छ ।

तोकिएको अवधिमा शुल्क नबुझाउने व्यक्तिको सदस्यता स्वतः खारेज हुने निर्णयसमेत भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

सचिवालयले २९ कात्तिकभित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउन निर्देशन दिइएको छ ।
केन्द्रीय निर्वाचन समितिले ३० गते जिल्लामा सक्रिय सदस्यहरूको नामावली पठाउने र १–२ मंसिरमा सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध गर्ने समय दिइएको छ । यसपछि ३–५ मंसिरसम्म प्रतिनिधि चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्