प्रधानमन्त्री देउवालाई कमल थापाले भने-‘राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन’
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय गणतन्त्र असफल भैसकेको बताउंदै राजालाई गाली गरेर राज गर्ने जमाना अब नरहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शासन गर्ने अभिलाषा भए चुनाव लड्न आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएको समाचार सार्बजनिक भए लगत्तै थापाले ट्विट मार्फत थापाले राजा विरुद्ध आक्रोश होईन,सुशासन दिन चुनौती दिएका हुन।
प्रम देउवालाई आग्रह भन्दै थापाले ट्वीटरमा लेखेका छन्–राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्। न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ, सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्।संघीय गणतन्त्र असफल भैसक्यो।ध्।राजालाई गाली गरेर राज गर्ने जमाना अब गइसक्यो।

