पूर्वयुवराज्ञी हिमानीद्वारा घडीअर्वा पोखरीमा छठीमाईको पूजादर्शन
वीरगञ्ज। पूर्वयुवराज्ञी हिमानी शाह छठ पर्वको अवसरमा सूर्यपूजा गर्न वीरगञ्ज पुगेकी छन्। छठ पूजा समारोहमा सरिक भएकी हिमानीले छठीमाईको समेत पूजादर्शन गरेकी थिइन्।

छठ पर्वका अवसरमा वीरगञ्जका पोखरीलाई झकिझकाउ पारिएको छ। बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि व्रतालुको ठूलो भीडका बीचमा हिमानी वीरगञ्जको घडीअर्वा पोखरी पुगेकी हुन्।

