प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मनार्थ महारथीको दर्ज्यानी प्रदान



काठमाडौं प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

तीनदिने औपचारिक भारत भ्रमणमा रहेका शर्मालाई बुधबार भारतका राष्ट्रपति राम नाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यान्ही चिह्न प्रदान गरेका हुन्।

राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रम भारतीय राष्ट्रपति कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिन थालिएको हो।

प्रधानसेनापति शर्माको भारत भ्रमणलाई सरकारले स्वीकृति दिएपछि मंगलबार उनी भारत प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्