प्रधानन्यायाधीश जबरा भन्छन्,- ‘अब इजलास संचालनमा आउँछन्’
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसैको दबाबमा राजीनामा नदिने अडान दोहोर्याउंदै संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत संचालन गर्ने बताएका छन् ।

कानून व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै उनले आफू संविधानबमोजिम नियुक्त भएकोले संविधानबाहिरबाट दिइएको दबाब र आन्दोलनले असर नपार्ने बताएका हुन्।
संविधानबमोजिम बाहेक आफूले राजीनामा नदिने बताउँदै उनले अदालतमा अब सबै इजलासहरू निरन्तर चल्ने जानकारी दिए । अभियानमा आवद्ध कानून व्यवसायीहरूले ज्ञापनपत्र बुझाउँदै १८ दिनदेखि सर्वोच्चका न्यायाधीशहरूको हड्तालका कारण इजलास नबसेको र त्यसबाट सेवाग्राही मर्कामा परेको भन्दै इजलास तत्काल सुचारु गर्न माग गरेका थिए।

