फेरिए तीन प्रदेशमा प्रदेश प्रमुख, खापुङ,परियार र जोशी नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको जनाएको छ।

राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १ मा तेह्रथुमका परशुराम खापुङ्ग, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा २ बमोजिम नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। खापुङ जनता समाजवादी पार्टी, परियार नेकपा ९माओवादी केन्द्र० र जोशी कांग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।

