कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई पहिलो गासमै ढुंगा



कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीको पहिलो गासमै ढुंगा लागेको छ।

पांचदलीय गठबन्धनको नेतृत्व गर्दै मंगलबार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका शाहीले विवादका कारण मन्त्री नियुक्त गर्न नसके पछि उनी एक्लैले पद तथा गोपनीयताको शपथ लिनुपरेको छ।मंगलबार नै उनलाइ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाईशपथ गराएका हुन् ।

नेपाली कांग्रेसको संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ ९२० अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेशका सभामुख राजबहादुर शाही, निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसदहरुको सहभागिता रहेको थियो ।सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटे पछि शाही एक्लैले शपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्