अन्ततः इजलास फर्किए आन्दोलनरत न्यायाधीशहरु

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै ‘हड्ताल’ मा उत्रिएका न्यायाधीशहरू अन्तत: इजलास फर्किएका छन् । कात्तिक ८ देखि आन्दोलनरत् न्यायाधीशहरू आजबाट इजलास प्रवेश गरेका हुन्

सर्वोच्चका १५ जना न्यायाधीशहरू बेन्च बहिष्कार गरेर संवादहिनतामा रहेकोमा हिजो न्यायाधीशहरू अनिल सिन्हा र सपना प्रधान मल्ल आएपछि संवाद जोडिएको थियो ।
असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग वार्ताका लागि अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मा सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन भएपछि हिजै वार्ता भएको थियो ।
प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका थिए । आज बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाइका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

