पर्यटन ब्यबसायी संगठनले नेताहरूलाई तोक्यो जिम्मेवारी



काठमाडौं। पर्यटन ब्यबसायी संगठनको पहिलो सचिवालय बैठक संगठनका अध्यक्ष अन्जन थापा (कुमार) को अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले पर्यटन ब्यबसायी संगठनका पधाधिकारीहरुको कार्य बिभाजन तथा विभिन्न बिभागहरु गठन गरेको उपाध्यक्ष तेन्जिङ शेर्पाले जानकारी दिए। सचिवालय बैठकले प्रदेश नं १ ईन्चार्जमा उपाध्यक्ष तेन्जिङ शेर्पा, प्रदेश नं२ ईन्चार्जमा उपाध्यक्ष अर्जुनलाल प्रधान, बागमती प्रदेश ईन्चार्जमा उपाध्यक्ष हरिभक्त श्रेष्ठ , सह इन्चार्जमा सचिब प्रदिप पण्डित,गण्डकी प्रदेश ईन्चार्ज उपाध्यक्ष बिरेन्द्र अधिकारी लुम्बिनी प्रदेश ईन्चार्जमा उपाध्यक्ष रामकृष्ण तिमल्सिना,कर्णाली प्रदेशमा उपाध्यक्ष गणेश रिमाल , सुदुर पश्चिम प्रदेश ईन्चार्जमा उपाध्यक्ष दामोदर ढकाल उपत्यका विशेष प्रदेश ईन्चार्जमा उपाध्यक्ष धन बहादुर गुरुङलाई तोकिएको छ।

यसैगरी दैनिक कार्य सम्पादन तथा सचिवालय ब्यबस्थापनको जिम्मेवारी महासचिव बद्री प्रसाद तिमल्सिना,संगठन विभाग प्रमुखको उपमहासचिव नमराज गौली, अनुशासन विभाग प्रमुखको उप-महासचिव केशब धिताल यातायात विभाग प्रमुख : सचिव तिलक लोहनी,संघ सस्था विभाग प्रमुख सचिव उत्तम राज कार्कि, प्रचार प्रसार विभाग प्रमुख सचिव प्रदिप पण्डित,मनोरञ्जन तथा खेलकुद प्रमुख सचिव सुमन न्यौपाने,प्रिन्ट तथा पब्लिकेसन विभाग प्रमुख सचिव बिष्णु बराकोटी मेन्यू एण्ड भेन्यू विभाग प्रमुख सचिव अच्युत गुरुङ ,आर्थिक विभाग प्रमुख कोषाध्यक्ष नबराज थापा र उपप्रमुख सह-कोषाध्यक्ष सुनिल सिलवाललाई जिम्मेवारी दिइएको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्