‘किताब’को सट्टा ‘कलम’ चिन्ह राख्ने नेकपा एकीकृत समाजबादीको निर्णय



काठमाडौं।चुनाव चिन्ह किताब प्रस्ताव गरेको नेकपा (एकीकृत समाजवादी)ले कलम चिन्ह राख्ने निर्णय गरेको छ।

सो पार्टीको बिहिवार बसेको स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो । राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा (एस)मा ल्याउन लागिएको हो ।

यसैबीच नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको टुंगो लगाएको हो । केन्द्रीय सचिवालय महासचिव बेदुराम भुसालको नेतृत्वमा ११ सदस्यीय हुनेछ । केन्द्रीय कार्यालयमा पनि महासचिव भुसालको नेतृत्वमा ५ जनाको हुनेछ।

बैठकले प्रदेश १ र बाग्मती प्रदेशमा मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिएर सरकारमा जाने भएको छ । नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटी बैठकबाट नेकपा (एस)ले चार मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा जाने निर्णय गरेकाे नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्