प्रहरी दिवसमा २९ प्रहरी सम्मानित



सोलुखुम्बु । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उत्कृष्ट कार्यसम्पादन गर्ने २९ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।

नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको बुधबार आयोजित कार्यक्रममा अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गराउन महत्वपुर्ण भुमिका खलेको भन्दै २९ जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक ऋषीराज ढकाल र ओम प्रकाश यादब सहित विभिन्न विधामा उत्कृष्ठ कार्य गरेका २९ जना प्रहरी रहेको कार्यालयले जनाएको छ ।

अमर प्रहरी परिवारकी पशुपति बस्नेतलाई दोशल्ला ओढाइ सम्मान गर्नुका साथै विभिन्न स्थानमा प्रहरी चौकी भवन निमार्णका लागि निशुल्क जग्गा उपलब्ध गराउने ६ जना जग्गादाताहरुलाई पनि प्रशंसापत्रद्वारा सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्