खतिवडाको नेतृत्वमा नेकपा एस सरकारमा जाने,पाउने भो यी मन्त्रालय

काठमाडौ ।सांसद बिरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा एकीकृत समाजवादीले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमाआफूहरुले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले जानकारी दिए।

उनका अनुसार एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ। समाजवादीबाट एकजना राज्यमन्त्रीसमेत हुनेछन्।
एकीकृत समाजवादीका एक शीर्ष नेताले पार्टीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने जानकारी दिए।

