एमालेले लगायो संसदमा ‘कालो धन चाहिंदैन,देश लुट्न पाईंदैन’ भन्ने नारा

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले पूर्वाधारमा लगानी गर्दा लगानीको स्रोत नखोजिने निर्णयको विरोध गरेको हो । बैठकमा एमालेले ‘कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन’ भनेर नाराबाजी गरेका थिए ।

जलविद्युत, सिमेन्ट उद्योग लगायत पूर्वाधार विकासमा गरिने लगानीको स्रोत नखोज्ने निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले कालो सूचीमा राख्न खतरा रहेको भन्दै एमालेले केन्द्रीय कमिटी बैठकबाट विरोध गर्दै विशेष प्रस्ताव पारित गरेको थियो ।
एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक असोज २२ गते सम्मको लागि स्थगित भएको छ । माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

