एमालेले गठन गर्‍यो डा विजय सुब्बाको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग




काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ। आइतवार एमालेको विधान महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग गठन गरेको हो।

एमालेको केन्द्रीय निर्वाचन आयोगमा १૪ सदस्य रहेका छन्। जसमा महेश नेपाल, सानु राजा पोखरेल, बाबुराम दाहाल, डा कुनसाङ लामा, रिता सिम्खडा, रन्जु ठाकुर रहेका छन्। त्यस्तै, भरत पोखरेल, पवित्रा निरौला, केवालाल चौधरी, बिमला विश्वकर्मा, लोकबहादुर थापा र हिमकला गैरे पनि आयोगको सदस्यमा रहेका छन्।

थप २ जना सदस्यको टुंगो लाग्न बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्