एमालेको विधान संशोधनको मस्यौदा सर्वसम्मत पारित



काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनले संगठनात्मक तथा राजनीतिक विधान संशोधनको मस्यौदा सर्वसम्मतले पारित गरेको छ।

ललितपुरको गोदावरीमा शुक्रबारबाट शुरु भएको एमालेको पहिलो विधान महाधिवेशनले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमा उठाइएका प्रश्नहरूको जवाफ नेताहरूले दिएपछि प्रस्ताव सर्वसम्मत पारित गरिएको हो ।

यसैगरी १७ बुँदे समसामयिक राजनीति प्रतिवेदन पनि पारित भएको छ । विधान महाधिवेशनले १० औँ महाधिवेशनका लागि बिजय सुब्बको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्