देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता बिबाद थप चर्कंदै

काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद थप चर्कने देखिएको छ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुलाई साथ दिन नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीसहितका नेताहरु भोली डडेल्धुरा जाने भएका छन् ।
केसीसहित केन्द्रीय सदस्य डा. शेखर कोइराला, गुरुराज घिमिरे, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भोली(आइतवार) डडेल्धुरा जान लागेको बताइएको छ ।
डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्य वितरणमा एकलौटी गरेको भन्दै संस्थापतइतर पक्ष आन्दोलित भईरहेको छ।

