नेपालबाट बिदेश पलायन भइरहेका प्रतिभालाई रोक्नु पर्नेमा पूर्व युवराज्ञी हिमानीको जोड

काठमाडौं।पूर्व युवराज्ञी हिमानी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको छ।

शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण कार्यक्रममा सो कुरा बताउनुभएको हो। नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताउंदै वहाँले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्नेमा जोड दिनुभयो।
आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने शाहको भनाई थियो। युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताउनुभयो।

