माधव नेपाल भन्छन् -‘एमाले अब टर्च बालेर खोज्नुपर्छ’

काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका छन्। हेटौंडामा शनबिार आयोजित कार्यक्रममा नेपालले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस्।’

उनले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गरे। नेपालले भने, ‘केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन्। उनीहरूको काम नै गाली गर्ने हो। हामी त्यस्तो गर्ने छैनौं। हामी गलत बाटोमा जान चाहन्नौं। नत्र त उहाँहरू र हामीमा के फरक रह्यो र?’ उनले आफूहरूले संसारलाई फूलको आँखाले हेरे पनि केपी ओलीले काँडाको आँखाले संसार हेर्ने गरेको टिप्पणी गरे।[फाईल फोटो]
एमाले केन्द्रीय समिति बैठकमा समूहगत प्रतिवेदनमाथि सुझाव पेश हुंदै
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल भएको थियो ।
टोलीनेताले दिएको सुझावका आधारमा ती तीनै प्रतिवेदनलाई शनिबार नै बैठकले पारित गर्ने उनले जानकारी दिए । पारित प्रतिवेदन यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

