इपीएल टी-20 क्रीकेट प्रतियोगिताको चौथो संस्करण आजबाट सुरु हुँदै



काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपिएल)टि-२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण आज (शनिबार)बाट सुरु हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स-११ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसाे सवा १२ बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि टोलीको कप्तानी कुशलले पाएका हुन् ।

काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । उ पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यी दुईले हातसम्म ३ खेलमा एक अर्काको सामना गर्दा सबै भेटमा ललितपुरले जित निकालेको छ ।

असाेज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्