एमसीसी सम्झौताबिरुद्ध सोलुखुम्बुमा युवा संघ नेपालको खबरदारी



सोलुखुम्बु।मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गरिएको छ।

विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन युबा संघ नेपालको संयोजनमा शुक्रवार सांकेतिक बिरोध प्रदर्शन गरिएको हो। ‘गो ब्याक एमसीसी’ ‘एमसीसी सम्झौता मुर्दाबाद’ लगायतका नारा लगाउंदै कालो झण्डासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले तिनकुनेबाट रेडक्रससम्म प्रदर्शन गरेका थिए।
रेडक्रसबाट पुनः तिनकुने फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय अगाडी बिरोध जुलुस कोणसभामा परिणत भएको थियो।

कोणसभालाई नेकपा एमाले  सोलुखुम्बुका युवा नेता आश कुमार राई ‘शिशिर’ ले भारत लगायत दक्षिण एशियाली अधिकांश मुलुकहरु उपनिबेश बन्दा पनि नेपाल स्वतन्त्र राष्ट्रका रूपमा बिश्व मानचित्रमा रहेको स्पष्ट पार्दै एमसीसी सम्झौतामार्फत मुलुकको स्वतन्त्रता र स्वाधीनता समाप्त गर्ने प्रयास एमालेले सफल हुन नदिने बताउनु भएको थियो । एमसीसी सम्झौता शैन्य रणनीतिसंगै जोडिएको दावी गर्दै नेपालको असंलग्न परराष्ट्र नीति बिपरित यो सम्झौतालाई यथास्थितिमा पारित गर्ने गठबन्धन सरकारको षड्यन्त्र एमालेले सफल हुन नदिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्