एमएमसीको विरोधमा उत्रिएकाहरु माथि निर्मम बन्दै प्रहरी

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा आन्दोलनरत समूहमाथि सरकार निर्मम ढंगले प्रस्तुत हुन थालेको छ।शनिबार राजधानीमा प्रदर्शन गरेको उत्रिएको समूहमाथि माइतीघर र पछि बानेश्वरमा प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरीले आन्दोलनमा निर्मम ढंगले लाठी चार्ज गरेको हो।

आन्दोलनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको थियो। कतिपय आन्दोलनकारी लाठीचार्जपछि तितरवितर भएका थिए भने बाँकीलाई प्रहरीले पक्राउ गरेको छ। आज पनि बिहानैदेखि ठाउँठाउँमा यस्ता प्रदर्शनहरु भइरहेको थियो।
एमसीसीका पदाधिकारीहरु अहिले राजधानीमा छन्। उनीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सरकारसँग अनुदानको विषयमा छलफल गरिरहेका छन्।

