भदौ ९ गते नागरिकतासहित उपस्थित हुन माधव- महन्थको नयाँ दलका नेतालाई आयोगको आग्रह



काठमाडौं।निर्वाचन आयोगले दल सनाखत गर्न माधव कुमार नेपाल र महन्थ ठाकूर पक्षका नेताहरुलाई आयोगको कार्यालयमा बोलाएको छ । भदौ ९ गते नागरिकता सहित उपस्थित हुन आयोगले नेपाल र ठाकूर पक्षलाई नेताहरुलाई जानकारी दिएको छ ।

नेकपा एमालेबाट अलग हुँदै माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालबाट अलग हुँदै महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले दल सनाखत गर्न बोलाएको हो । आज आयोगको बैठकले सो निर्णय गरेको हो ।

नेपाल र ठाकूरले बुधबार दर्ता गर्न प्रस्ताव गरेको दलको नाम आयोगले स्वीकृत नगरेपछि पुनः आज नयाँ नाम प्रस्ताव गरिएको थियो । त्यसपछि बसेको आयोगको बैठकले भदौ ९ गते विहान ११ बजेदेखि दिउसो २ बजेसम्म सनाखतको लागि आउन नेपाल र ठाकूर पक्षका नेताहरुलाई भनेको हो ।

निवदेनमा प्रस्तुत गरिएका केन्द्रीय सदस्य र सांसदको नाम सनाखत गरेपछि दल दर्ता प्रक्रियालाई टुङ्गोमा पुर्‍याइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्