चाडपर्व सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालय काठमाण्डौले चाडपर्व साङ्केतिक रूपमा मनाउन अनुरोध गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज बिहीवार सूचना निकालेर गाईजात्रा, जनैपूर्णिमा, ऋषितर्पणीलगायतका पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको हो ।
परम्परागत तरिकाले भिडभाड र जमघट गरी पर्व मनाउँदा सङ्क्रमण थप फैलनेतर्फ सचेत रहन प्रशासन कार्यालयकाे विज्ञप्तिमा भनिएको छ ।
काठमाण्डौ उपत्यकामा आउँदो भदाै आठ गतेसम्म विभिन्न प्रतिबन्धात्मक नियमसहित निषेधाज्ञा छ । जनैपूर्णिमा भदाै ६ गते र गाईजात्रा ७ गते मनाइँदैछ ।

