संसदको दुबै सदनको चालु अधिबेशन अन्त्य



काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी हुन् । आज राति १२ बजेबाट चालू अधिवेशन अन्त्य हुनेछ ।

त्यस्तै विभिन्न अध्यादेशहरु ल्याउन लागेको समेत बताइएको छ ।

सरकार गठनको एक महिना बित्दा पनि सरकारले संसद्लाई विजनेश दिन नसकेको भन्दै सांसदहरुले प्रतिनिधिसभामा आवाज उठाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्