अहिराजलाई हटाएर हरिशङ्कर मिश्रलाई प्रदेश -२ प्रमुख बनाउने तयारी



काठमाण्डाै। सरकारले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई हटाएको छ । आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

अब मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ । सरकारले प्रदेश प्रमुखका लागि नियुक्त गरेकाे हरिशङ्कर मिश्र नेपाली कांग्रेसका पूर्वनेता हुनुहुन्छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई हटाएर राजेश अहिराजलाई प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्