अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित नेपाल फर्काउन सरकारसंग राप्रपाको आग्रह
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहयुद्धमा फसेको अफगानिस्तानबाट नेपालीहरुलाई सुरक्षित नेपाल फर्काएर पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेको छ।

तालिवानी बिद्रोहिको आक्रमणका कारण अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्न लागेकोमा चिन्ता व्यक्त गर्दै राप्रपाले सरकारसंग सो माग गरेको हो।
अध्यक्षत्रय पशुपतिशमशेर राणा,कमल थापा र डा.प्रकाशचन्द्र लोहनीद्वारा हस्ताक्षरितमा राप्रपाले सरकारले बेलायति सरकारसँग ब्रिटिस गोर्खाका भूतपूर्व सैनिकका माग पुरा गराउन कुटनीति पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
ब्रिटिस गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारि संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग पूरा गर्न बेलायति सरकारसँग राप्रपाले आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘ती माग पूरा गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपा सरकारको ध्यानाकर्षण गराउँछ ।’


